×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनो संक्रमणले बढायो चिनमा कागतीको व्यापार, ठूला शहरहरुमा कागती किन्नेहरुको तँछाडमछाड उस्तै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोनो संक्रमणले बढायो चिनमा कागतीको व्यापार, ठूला शहरहरुमा कागती किन्नेहरुको तँछाडमछाड उस्तै

Artha Sarokar

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिनमा कोरोना भाइरसको नयाँ संक्रमण ‘ओमिक्रोन बिएफ ७’ तिव्र गतिमा फैलिएपछि कागती किन्नेहरु बढेका छन् । पछिल्लो केही सातायता संक्रमण अस्वभाविक रुपमा फैलिन थालेपछि चिनमा ठूला शहरहरुमा कागती किन्नेहरुको होडबाजी चलेको छ ।

दैनिक ७ लाख जनामा ‘बिएफ ७’को संक्रमण फेला परेपछि चिनमा थप कडाई गरिएको छ । दैनिक ठूलो संख्यामा संक्रमण फेला परेसँगै चिनमा कागती किन्नेहरु बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कोरोना भाइरस विरुद्ध प्रतिरोधी क्षमता बढाउने भन्दै चिनमा कागती किन्नेहरु बढेको हुन् ।

योसँगै चिनका कतिपय शहरहरुमा कागतीको सर्टेज भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार यसभन्दा अघि चिनमा यति धेरै कागतीको खपत भएको थिएन ।

कोरोना संक्रमणको आँकडा दिनानुदिन बढ्न थालेपछि चिनले दैनिक रुपमा कोरोनाको अपडेट सञ्चार माध्यमबाट सार्वजनिक नगर्न निर्देशन समेत दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी