×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनमा बढ्यो बेरोजगारी १६ देखि २४ वर्ष उमेरका दुई करोड युवाहरु बेरोजगारको शिकार (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनमा बढ्यो बेरोजगारी १६ देखि २४ वर्ष उमेरका दुई करोड युवाहरु बेरोजगारको शिकार (भिडियो)

१२ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस बेरोजगार भएका छन् । आधिकारिक तथ्यांकमा आधारित सीएनएनका अनुसार हाल चीनमा सहरी युवाको जनसंख्या मात्रै १० करोड ७० लाख रहेको छ । जसमध्ये १६ देखि २४ वर्ष उमेर समूहका मात्रै करिब दुई करोड युवा बेरोजगार छन् ।

कोभिड १९ को संक्रमण सुरु भएसँगै चीनमा सुरु भएको बेरोजगारीको समस्यमा यसवर्ष भने नयाँ उचाईमा पुगेको द हङकङ पोस्टले जनाएको छ । कोभिड–१९ र रुस–युक्रेन युद्धका कारण आर्थिक मन्दीको विकल्पमा अधिकांश चिनियाँ कम्पनीहरुले सुरुवातदेखि नै कर्मचारी कटौतीको नीति अवलम्बलन गर्दै आएका छन् ।

यसो त विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले सन् २०२२ को पहिलो नौ महिनामा मात्रै करिब एक हजार ९ सय कर्मचारी कटौती गरेको छ । आर्थिक मन्दीको सामना गरिरहेको चीनमा कर्मचारी कटौती गर्ने शिलशिला नरोकिँदा हाल चीनमा बेराजगारीको समस्या झनै बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ को मार्चमा १५.३ प्रतिशत बेरोजगार दर अप्रिलमा बढेर १८.२ प्रतिशत पुगेको थियो । त्यसपछिका केही महिनामा पनि बेरोजगारी निरन्तर बढ्दै गयो र जुलाईमा चीनको बेरोजगारी दर १९.९ प्रतिशत पुगेको हो । यद्यपी अगष्टमा यो दर केही घटेर १८.७ प्रतिशतमा झरे पनि चीनको बेरोजगार दर हालसम्मकै उच्च बिन्दुमा रहेको राष्ट्रिय तथ्यांक विभागको डाटामा उल्लेख गरिएको छ ।

चीनको शिक्षा मन्त्रालयले गत महिना ११.६ मिलियन कलेज स्नातकहरु रोजगार बजारमा प्रवेश गर्ने बताएको थियो । यदी त्यसो भएमा आगामी वर्ष चीनमा बेरोजगारीको अवस्था झनै भयावह हुने सीएनएनको दाबी रहेको छ । हाल चीनमा देखिएको बेरोजगारीको समस्या युवाहरुका लागि पछिल्लो चार दशक यताकै सबैभन्दा खराब रोजगारी संकट हो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: