×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्वीटरले गुमायो दैनिक ४० लाख डलर, एलन मस्कको १३ अर्ब डलर ऋण खराब कर्जामा गणना (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ट्वीटरले गुमायो दैनिक ४० लाख डलर, एलन मस्कको १३ अर्ब डलर ऋण खराब कर्जामा गणना (भिडियो रिपोर्ट)

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विश्वकै धनी व्यक्तिको सूचीमा दोस्रो नम्बरमा रहेका एलन मस्कले ट्वीटर खरिद गर्न लिएको १३ अर्ब डलर ऋण बैंकहरुले खराब कर्जामा गणना गर्न सुरु गरेका छन् । गत अक्टोबरको अन्त्यमा ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्दा मस्कले बैंकहरुबाट १३ अर्ब डलर ऋण लिएका थिए । अहिले बैंकहरुले सो ऋणलाई खराब कर्जाका रुपमा गणना गरी जोखिम व्यवस्थापनबापत रकम छुट्टाउन थालिसकेका हुन् । यद्यपी उनीहरुले आम्दानीमा ठूलो ड्र्याग नआउने गरी उक्त कदम चाल्न सक्नेछन् ।

सामान्यतया बैंकहरूले यस्तो ऋण सम्झौताको समयमा लगानीकर्ताहरूलाई बेच्ने गर्दछन् । तर, हालै यसो गरेमा मोर्गन स्टेनलीको नेतृत्वमा ट्विटरका ऋणदाताहरूले अरबौं डलर नोक्सानको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । किनभने लगानीकर्ताहरूले आर्थिक अनिश्चितताको अवधिमा जोखिमपूर्ण ऋण किन्नबाट हिचकिचाउँछन् ।

यस बाहेक मस्कको ट्वीट पोलिसिङ, राजस्वमा मार र ऋणको ब्याज लगायतका विषयहरुमा उठाएका कदमले ट्वीटरबाट विज्ञापनदाताहरू पर हटिरहेका छन् । बैंकहरूले अझै पनि उनीहरूको वासलातमा ऋणको हालको बजार मूल्य निर्धारण गर्नु पर्छ र त्रैमासिक नतिजाहरूमा रिपोर्ट गरिएको घाटाको लागि जोखिम व्यवस्थापन वापत रकम छुट्याउनुपर्छ ।

ऋणको वास्तविक बिक्रीले निर्धारण गरेको मूल्य नभएको अवस्थामा, प्रत्येक बैंकले आफ्नो बजार जाँच र निर्णयको आधारमा कति मूल्य निर्धारण गर्ने भन्ने विषयमा निर्णय गर्न सक्नेछन् । ट्विटर किन्नको लागि लिइएको उक्त कर्जाको ठूलो हिस्सा (१० अर्ब अमेरिकी डलर) ट्विटरको सम्पत्तिबाट नै उठाउन सकिने थियो । तर, हाल त्यसको बजार मूल्य पनि २० प्रतिशतले झरिसकेको छ । नाफामा महत्वपूर्ण हिट सिर्जना नगरी सात बैंकबीच वितरण गरिएको ऋणको भार, प्रायः बैंकहरूले व्यवस्थापन गर्न सक्ने पनि स्रोतको दाबी छ ।

ऋणदाताहरूले ऋणको असुरक्षित अंशलाई इलेक्ट्रिक कार निर्माता, टेस्लाको सेयरद्वारा समर्थित मस्कलाई ऋणमा प्रतिस्थापन गर्ने सोचेको स्रोतको दाबी छ । तर, मस्कले अहिलेको बृहत् आर्थिक परिवेशमा यस्ता कर्जाबाट जोगिनु नै राम्रो हुने बताएका छन् ।

४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व किनेसँगै एलन मस्कले कम्पनीका उच्च तहका कर्मचारीसहित ५० प्रतिशत कर्मचारी कटौती गरिसकेका छन् । उनले ट्वीट गर्दै कम्पनीले दैनिक ४० लाख डलर गुमाइरहेकाले कामदार कटौतीको विकल्प नभएको समेत दाबी गरेका छन् । त्यस्तै उनले ब्लु टिकमार्कको मासिक ८ डलर चार्ज गरेसँगै सामाजिक संजालमा हलचल मच्चिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: