काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवम् एमालेका नेता गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । आइतबार बाँस्कोटाको घरमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।
भक्तपुरको लोकान्थलीस्थित बाँस्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । ‘शंकास्पद वस्तु देखेपछि नेपाली सेनाको डिस्पोजल टिमलाई खबर गरेका छौँ’, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भने, ‘कसले राख्यो ? किन राख्यो ? भन्ने विषय अनुसन्धानको क्रममा छ ।’
आइतबार बिहान बाँस्कोटाको घरको पेटीमा शंकास्पद वस्तु देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घरमा २०७६ सालमा बम विष्फोट भएको थियो ।