×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माया खोला हाइड्रोपावरको १० लाख कित्ता आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

PRIME CA
GLOBAL IME BANK

माया खोला हाइड्रोपावरको १० लाख कित्ता आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

२३ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माया खोला हाइड्रोपावरले आइपीओ बिक्री खुला गरेको छ । हाईड्रोपावरले मंसिर २३ शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो । जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवी नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का स्थानीयले ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयले ४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यता, सर्वसाधारणमा निष्कासन हुने २४ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ४० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।दुवै समूहका आवेदकहरुले पुस ८ गतेसम्म आइपीओ भर्न सक्नेछन् । यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा पुस २४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ ।

उक्त आइपीओमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । आयोजना प्रभावितले बिक्री प्रबन्धक र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, संखुवासभास्थित प्राइम बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी-आस्वा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ । इक्रा नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: