काठमाडौं । काठमाडौंमा एक दिने विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान)को आयोजनामा मंगलबार अभिमुखी कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सम्पन्न गरिएको उक्त कार्यक्रममा चार्टर्ड एकाउन्टेन्सीका झण्डै पाँच सय विद्यार्थीको सहभागिता रहेको थियो । महालेखा परिक्षक टंकमणी शर्मा (दंगाल)को प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रमा मोटिभेसन सेसनसँगै विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरेका थिए ।
कार्यक्रममा सहभागी चार्टर्ड एकाउन्टेन्सीका नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत गर्दै आईक्यानका अध्यक्ष भास्कर सिंह लालाले आगामी यात्राका लागि शुभकामना समेत व्यक्त गरे । ‘बाहिर हेर्दा जति गाह्रो र अफ्ठ्यारो देखिए पनि मिहेनत गर्नेहरुका लागि यो क्षेत्र त्यत्ति नै सहज छ’, उनले भने, ‘लक्ष्य प्राप्तीका लागि सबैले बलियो तयारी गर्नु नै पर्छ । अनुसाशनमा रहेर बेजोड मिहेनत गर्नुस्, सीए क्षेत्रमा भविष्य सुनिश्चित छ ।’
कार्यक्रममा आईक्यानका डेपुटी डिरेक्टर हिमाल दहालले आईक्यानको पृष्ठभूमि र सीए शिक्षाको विषयमा अन्तरक्रिया सेसन सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागीहरुले पनि कार्यक्रम निकै उपलब्धिमुलक रहेको प्रतिक्रिया दिएका छन् । ‘आईक्यानले आयोजना गरेको यो कार्यक्रम हाम्रा लागि निकै फलदायी रह्यो’, कार्यक्रममा सहभागी एक विद्यार्थीले भने, ‘कार्यक्रमका विभिन्न सेसनले थप उर्जा मिलेको छ । विद्यार्थीका लागि यस्ता कार्यक्रम भविष्यमा पनि ल्याइनुपर्छ ।’
त्यस्तै, कार्यक्रममा चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान)का भुतपूर्व अध्यक्ष प्रभुराम भण्डारी, पूर्व अध्यक्ष युद्धराज ओली, भाईस प्रेसिडेन्ट सुजन कुमार काफ्ले, एक्जिक्युटिभ डिरेक्टर सञ्जय कुमार सिन्हा लगायतको उपस्थिति रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्