Skip to content
LAXMI SUNRISE BANK

झापा इनर्जीको पुस १६ गते साधारणसभा हुने, आइपीओ जारी गर्ने प्रस्ताव पेश गरिने

अर्थ सरोकार

काठमाडौं । झापा इनर्जी लिमिटेडको पुस १६ गते वार्षिक साधारण सभा हुने भएको छ । सभा आयोजना स्थल, शिवसताक्षी नगरपालिका वडा नं. ४ सालमारा, झापामा बिहान १० बजेबाट सुरु हुने भएको हो ।

कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा आइपीओ जारी गर्ने विषयमा छलफल गर्ने प्रस्ताव पेश हुने भएको छ । साथै, आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव समेत रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ । साथै, जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश हुने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK