×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको नाफामा ८ प्रतिशतको गिरावट, प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँले घट्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

लक्ष्मी बैंकको नाफामा ८ प्रतिशतको गिरावट, प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँले घट्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

१८ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा बैंकको नाफा ८.९३ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ५० करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गतवर्षको सोही अवधिमा ५५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको छ । बैंकको खुद फि तथा कमिसन आम्दानी ११.१६ प्रतिशतले घट्दा इम्परमेन्ट चार्ज भने ९ करोड २१ लाख रुपैयाँबाट बढेर ४३ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफामा गिरावट आएसँगै लक्ष्मी बैंकको प्रतिसेयर आम्दानी (ईपिएस) पनि घटेको छ । समीक्षा अवधिमा लक्ष्मी बैंकको ईपिएस ३ रुपैयाँ २५ पैसा घटेर १७ रुपैयाँ ४३ पैसामा सीमित भएको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ११.३६ गुणा, प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा तथा तरलता अनुपात २१.१४ प्रतिशत रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: