×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले तोक्यो सोमबारका लागि विनिमय दर, कस्तो छ विदेशी मुद्राको स्थिति ?

PRIME CA

नेपाल राष्ट्र बैंकले तोक्यो सोमबारका लागि विनिमय दर, कस्तो छ विदेशी मुद्राको स्थिति ?

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोमबार नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय दर तोक्दै सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८८ पैसा रहेको जनाएको छ ।

नेपाली बजारमा अमेरिकी डलरको भाउ गत शुक्रबारदेखि स्थिर रहेको छ । त्यस्तै, सोमबार युरो एकको खरिद दर १४० रुपैयाँ ४३ पैसा र बिक्री दर १४१ रुपैयाँ ०७ पैसा कायम रहेको छ । युरोको भाउ अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको हो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ५३ पैसा र बिक्री दर १६० रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अष्ट्रेलियन डलरको भाउ १ को खरिददर ८८.८७ रुपैयाँ र बिक्रीदर ८९.२७ पैसा कायम गरिएको छ ।

योसँगै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: