×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पदमुक्त भएपछि पेरुमा पूर्वराष्ट्रपति कास्टिलोका समर्थकहरु सडकमा, तस्विरमा हेर्नुहोस् आक्रोशमा उत्रिएको जनसागर (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

पदमुक्त भएपछि पेरुमा पूर्वराष्ट्रपति कास्टिलोका समर्थकहरु सडकमा, तस्विरमा हेर्नुहोस् आक्रोशमा उत्रिएको जनसागर (फोटो-कथा)

२५ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पेरुका पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई संसद विघटन गर्ने प्रयास गरेको भन्दै महाअभियोग लगाएर पदबाट हटाएसँगै उनका समर्थकहरु विरोधमा उत्रिएका छन् । कास्टिलो पदमुक्त भएसँगै पूर्व उपराष्ट्रपति डिना बोल्वार्टेले पद तथा गोपनीयताको सपथ लिइन् ।

सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि कास्टिलोमाथि तीनपटक महाभियोग लगाइएको छ । अहिले पेरुमा कास्टिलोका समर्थकहरुले प्रदर्शन बढाएका छन् । पदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पनि झडप भएको थियो । प्रदर्शनमा उनीहरुले ‘कास्टिलो मेरो राष्ट्रपति हो’ लगायतका पम्प्लेटसहित नाराबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले बर्तमान राष्ट्रपति डिना बोल्वार्टेको पोस्टरसमेत जलाएका छन् । पेरुमा जारी उक्त आन्दोलनका झलकहरुलाई हामीले विभिन्न एजेन्सीका माध्यमबाट संकलन गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: