Skip to content
LAXMI SUNRISE BANK

नेपालका दुई महङ्गा रियालिटी शोः ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’, जनवरी १ बाट अडिसन सुरु

अर्थ सरोकार

काठमाडौं । नेपालमा पहिलोपटक सर्वाधिक राशीका दुईवटा अन्तराष्ट्रिय रियालिटी-शो घोषणा गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच गायन-शो ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य-शो ‘मेरो डान्स युनिभर्स’ को घोषणा गरिएको हो ।

प्रतिस्पर्धामा विश्वभरबाट आवेदन दिन सकिने आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले जनाएको छ । आयोजकका अनुसार प्रतिस्पर्धामा १८ वर्षमाथिका व्यक्तिले आवेदन दिन पाउनेछन् । दुवै शो मा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेसनको एप्लिकेसन डाउनलोड गरी रजिष्ट्रर गर्न सक्नेछन् ।

फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले एक करोड रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फस्र्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन् ।

त्यस्तै, ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पाउनेछन् । योसँगै प्रतियोगिताको फस्र्ट रनरअपलाई रु ३० लाख र सेकेन्ड रनरअपलाई २० लाख रुपैयाँ पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

नेपालमै पहिलोपटक घोषणा गरिएको अन्तराष्ट्रिय रियालिटी-शो ले नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउने फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताए । ‘हामी हाम्रो संस्कृति जोगाउने अभियानमा छौँ’, उनले भने, ‘हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति र दुःखमा परेकाहरुलाई मद्धत गर्नुमा छ ।’

फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’को जजमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान रहनेछन् भने ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई रहनेछन् ।

शो को अडिसन भने आउँदो आइतबार १७ अर्थात जनवरी १, २०२३ देखि सुरु हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK