काठमाडौं । लाभांश पारित गर्ने प्रस्ताव सहित सानिमा बैंकले साधारणसभा आवह्वान गरेको छ । बैकको वार्षिक साधारणसभा पुस ३ गते आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको हो ।
सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि सानिमाको मंसिर १९ गते बुक क्लोज हुने भएको छ ।
तसर्थ, मंसिर १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ ।
साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुने भएको छ । यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्