×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काम गर्दागर्दै किबोर्डमै निदाएपछि कम्प्युटरबाट ३० अर्ब बढी रकम ट्रान्सफर, जागिर पनि गयो… (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काम गर्दागर्दै किबोर्डमै निदाएपछि कम्प्युटरबाट ३० अर्ब बढी रकम ट्रान्सफर, जागिर पनि गयो… (भिडियो रिपोर्ट)

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मानिस स्वस्थ रहन दैनिक कति सयम निदाउनु पर्छ ? वा निन्द्रा नपुगे के हुन्छ ? सामान्यतया हामी दैनिक जीवनमा स्वस्थ रहनका लागि खानपानमा जति ध्यान दिन्छौँ त्यति नै ध्यान निन्द्रा पनि दिनुपर्छ । विज्ञानलेसमेत यो तथ्य पुष्ठी गरेको छ कि निन्द्रा नपुगेको मानिस अर्धचेत अवस्थामा हुन्छ । अर्थात निन्द्रा पुरा नभएको मानिसको मस्तिष्क अस्वस्थ हुन्छ ।

यसो त निन्द्रा पुरा नभएकै कारण सवारी दुर्घटना भएका घटना नौलो होइन । तर, केही यस्ता घटना पनि छन् जुन घटना अपत्यारिलो तर यथार्थ हुन् र यस्तै भयो जमर्नीमा पनि । जर्मनीको एक शहरमा निन्द्रा पुरा नभएकै कारण एक बैंकका कर्मचारी काम गर्दागर्दै निदाए । अफिस टाइममा किबोर्डमै निदाएका उनको कम्प्युटरबाट नेपाली रुपैयाँ ३० अर्ब ६६ करोड बढी रकम ट्रान्सफर भयो ।

बैंकका ति कर्मचारीले एक अवकाश प्राप्त व्यक्तिको खातामा ६२.४० युरो अर्थात नेपाली रुपैयाँ ८ हजार ६३८ रुपैयाँ मात्र ट्रान्सफर गर्नुपर्ने थियो । तर, जब उनी कम्प्युटरको किबोर्डमा निदाए उनको टाउकोले थिचिएर बैंकबाट २ सय २२ करोड २२ लाख २२ हजार युरो २२ सेन्ट अर्थात नेपाली रुपैयाँ ३० अर्ब बढी रकम ट्रान्सफर भयो ।

बैंकबाट अचानक यति ठूलो रकम ट्रान्सफर भएपछि बैंकले आन्तरिक छानबिन सुरु गर्यो र काम गर्दा गर्दै कर्मचारी निदाएपछि गल्तिले सो रकम ट्रान्सफर भएको तथ्य फेला पर्यो । गल्ती पत्ता लागेसँगै बैंकले ती व्यक्तिलाई जागिरबाट बर्खास्त गर्यो । सो मुद्दा अदालतमा पुगेपछि अदालतले ती कर्मचारीलाई पुनः काममा फर्काउन आदेश दियो र उनी पुनः काममा फर्किएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: