×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उँधोगतिमा लागेको सनराइज बैंकले लाभांश वितरण नगर्ने, नाफा घट्दा बोर्ड हिस्स, रिटर्न नपाउँदा सेयरधनी ‘खिस्स’ !

PRIME CA
GLOBAL IME BANK

उँधोगतिमा लागेको सनराइज बैंकले लाभांश वितरण नगर्ने, नाफा घट्दा बोर्ड हिस्स, रिटर्न नपाउँदा सेयरधनी ‘खिस्स’ !

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नाफा घटेर उँधोगतिमा लागेको सनराइज बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

‘उपर्युक्त विषयमा यस सन्राइज बैंक लिमिटेडको संचालक समितिको मिति २०७९/०८/२५ गते दिउँसो ३:३० देखि ४:३० बजेसम्म बसेको ४०४औं बैठकले २०७९ आषाढ मसान्त सम्मको संचित मुनाफा तथा आ.व. २०७८ / ०७९ को मुनाफा रकमबाट बैंकका शेयरधनीहरुलाई नगद लाभांश / बोनस शेयर वितरण नगर्ने तथा बैंकको आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण / अनुसूचिहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात् बैंकको अगामी बार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय भएकोले सो व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं ।’बैंकको सूचनामा भनिएको छ ।

बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: