×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुस १ गतेदेखि प्रदूषण जाँच पास नहुने सवारी साधनलाई १ लाख रुपैयाँसम्म जरिवाना

PRIME CA
GLOBAL IME BANK

पुस १ गतेदेखि प्रदूषण जाँच पास नहुने सवारी साधनलाई १ लाख रुपैयाँसम्म जरिवाना

२२ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले प्रदूषण जाँचपास नहुने सवारी साधनलाई पुस १ गतेदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले मङ्सिर २२ गते बिहीबार एक सूचना जारी गर्दै सवारी साधनबाट निस्किने धुँवाले वायु प्रदुषण बढाएको भन्दै पुस १ गतेदेखि प्रदूषण जाँचपास नगरी चलाइएका गाडीलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो ।

विभागले हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सवारीसाधनहरुमा छड्के जाँच गर्दै आएको छ । तीमध्ये अधिकांश सवारीसाधनले प्रदूषण जाँचपास नगरेको पाइएपछि विभागले यस्तो कदम उठाउने निर्णय गरेको हो । हाल सवारी साधनमा धुँवा परिक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदुषण गरिरहेका सवारी साधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएको सूचनामा उल्लेख गरिएको छ ।

साथै पुस १ गते पछि भने प्रदूषण जाँचपास नहुने सवारी साधनलाई जरिवाना गरिने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँचपास गराएरमात्र सञ्चालनमा ल्याउन दिने विभागले जनाएको छ । विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारीसाधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यसका साथै आफ्नो टोल वा छिमेकमा कसैले खुला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले आग्रह गरेको छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुला रुपमा फोहोर जलाउनेलाई कारबाही गरिने सूचनामा उल्लेख गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: