×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकको कर्मचारी हुँ भन्दै प्रेमिकालाई जालमा पारे, ललाईफकाई अश्लील भिडियो बनाए, अन्तत: प्रहरीको फन्दामा परे…’

PRIME CA
GLOBAL IME BANK

‘बैंकको कर्मचारी हुँ भन्दै प्रेमिकालाई जालमा पारे, ललाईफकाई अश्लील भिडियो बनाए, अन्तत: प्रहरीको फन्दामा परे…’

२२ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

जोशीका अनुसार विभिन्न बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भन्दै भट्टले विभिन्न व्यक्तिहरुलाई अनेक खालका प्रलोभन दिने गरेका थिए । उनले विभिन्न महिलाहरुलाई आफु बैंकको कर्मचारी हुँ भन्दै प्रलोभनमा पारी नजिक हुने, उनीहरुलाई ललाईफकाईगरी अश्लील भिडियो बनाउने र सो भिडियो पोस्ट गर्ने भन्दै धम्की दिने गरेका थिए । लगातार यस्तो धम्की दिन थालेपछि उनीविरुद्ध विभिन्न महिलाहरु प्रहरीसम्म पुगेका थिए ।

आफ्नो वास्तविक परिचय लुकाई कैलाली, कञ्चनपुरलगायत विभिन्न स्थानमा बस्ने व्यक्तिलाई डर, त्रास तथा विभिन्न प्रलोभन देखाउने गरेको र महिलालाई ललाइफकाई गरी निजहरूको अश्लील भिडियो पोष्ट गरिदिने धम्की दिँदै ठगीमा संलग्न भएको आरोपमा अन्तत: भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ । निज व्यक्तिबाट ठगी भई पीडित भएका व्यक्तिहरूले प्रमाणसहितको जाहेरी दर्खास्त लिई कार्यालय सम्पर्क गर्न आउन हुनसमेत जिल्ला प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: