×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय बजारमा पुनः बढ्यो कच्चा तेलको भाउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अन्तराष्ट्रिय बजारमा पुनः बढ्यो कच्चा तेलको भाउ

Artha Sarokar

६ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढेको छ । पछिल्लो केही महिनादेखि निरन्तर घटिरहेको कच्चा तेलको भाउ पुनः बढेको हो ।

पछिल्लो दुई सातामै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १० डलरले वृद्धि भएको हो । यो सँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८१ डलर नाघेको छ ।

दुई सातामै कच्चा तेलको भाउ प्रतिब्यारेल करिब १० डलर बढेको छ । यसअघि पुस २० गतेसम्म डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७२ डलर हाराहारीमा रहेकोमा दुई सातामै प्रतिब्यारेल ८१ डलर नाघेको छ ।

त्यस्तै, ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलरबाट ८६ डलर नाघेको छ । मुर्बान तेलको भाउ प्रतिब्यारेल ७६ डलरबाट ८५ डलर पुगेको छ । कच्चा तेलको मूल्य बढ्दा नेपालको ब्यापार घाटा तथा मुद्रास्फीति बढ्ने जोखिम रहन्छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाउने मूल्यलाई कच्चा तेलको भाउ उतारचढावले असर पार्दछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी