×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

र,अन्नतः एक भए ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू, ७७ तस्विरमा हेर्नुहोस् प्रचण्डले उद्घाटन गरेको भव्य समारोह…

PRIME CA
GLOBAL IME BANK

र,अन्नतः एक भए ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू, ७७ तस्विरमा हेर्नुहोस् प्रचण्डले उद्घाटन गरेको भव्य समारोह…

२५ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूबीच एकीकृत कारोबार सुरु भएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड०ले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्र ढकालले मर्जरपछि ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो बैंक भएकोमा खुसी भएको बताएका छन् । नियामक नेपाल राष्ट्र बैंकको सहयोग, बैंकका कर्मचारीको साथ र सबै सरोकारवालाहरुको सहयोगका कारण बैंक यति ठूलो बन्न सफल भएको ढकालको भनाई रहेको छ ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र गतिशिल बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । कार्यक्रममै उनले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र आफ्नो जीवन उस्तै रहेको समेत बताएका छन् ।

यस्तै, कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबीच अस्वस्थ प्रतिष्पर्धा बढेकाले बिग मर्जरको नीति ल्याएको बताएका छन् । लाइसेन्स पाएकाहरुमध्ये २४७ बैंक तथा वित्तीय संस्थाहरु मर्ज भएर कुल ६८ बैंक तथा वित्तीय संस्था भएको स्मरण गर्दै उनले बैंक ठुलो हुँदै गर्दा बैंकहरुले स्व नियमनमासमेत ध्यान दिनुपर्ने बताएका छन् । बैंकहरु ठुला भएपछि बैंक स्वयमले पनि उत्पादनमूलक क्षेत्रमा लगानीगर्नुपर्ने उनको भनाई छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: