काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । २३ मंसिरमा सम्पन्न दुवै बैंकको वार्षिक साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेसँगै पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएकाक हुन् ।
साधारणसभासँगै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको कार्यालयले पनि मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै मर्जर प्रश्चात ग्लोबल आईएमई बैंक लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो ।
एकीकृत कारोबार गर्नका लागि डाटा माइग्रेसन प्रयोजनका लागि पुस २३ गते (शनिबार) र पुस २४ गते ग्लोबल आईएमई बैंकको सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने बैंकले जनाएको छ ।
तर, यी दिनमा बैंकको मोबाइल÷इन्टरनेट बैंकिङ, डेबिट एण्ड क्रेडिट कार्ड, एटिएम, एजेण्ट मार्फत हुने रेमिट्यान्स सेवा भने सञ्चालनमा रहनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्