×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तले सेयरधनीलाई २०% बोनस सेयर दिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

इन्फिनिटी लघुवित्तले सेयरधनीलाई २०% बोनस सेयर दिने

Artha Sarokar

२ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

३० पुसमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्रप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको हुँदा इन्फिनिटीले बोनस सेयरमा कर छुटको सुविधा पाएको छ । यो सँगै लघुवित्तले यसपटक कर तिर्नका लागि नगद लाभांश नछुट्याएको संस्थाका एक सञ्चालकले बताएका छन् ।

कम्पनीद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुमा वितरण गरिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी