Skip to content
LAXMI SUNRISE BANK

बाघको खिसिट्युरी गर्ने ज्योति विकास बैंकले लाभांश घटायो, ‘कम्पनी पनि ढलेको बाघझैँ उत्तानो परेछ’

अर्थ सरोकार

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १५.५ प्रतिशत लभांश दिएको ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट भने सेयरधनीलाई ६.८० प्रतिशत मात्रै लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

केही दिन अघि ज्योति विकास बैंकले भाइरल बाघको शालिकको खिसिट्युरी गर्दै सचेतनाको नाममा भद्धा मजाक गरेको थियो । सोही विषयलाई उदृत गर्दै एक लगानीकर्ताले भनेका छन्– ‘केही दिन अघि बाघको खिसिट्युरी गरेको ज्योति विकास बैंक पनि ढलेको बाघझैँ उत्तानो परेछ ।’

सेयरधनीका लागि बैंकले प्रस्ताव गरेको सो  लाभांश राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेसँगै वितरण गरिनेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK