Skip to content
LAXMI SUNRISE BANK

लघुवित्त विरुद्ध अराजक गतिविधि गर्नेलाई कार्वाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

अर्थ सरोकार

काठमाडौं । लघुवित्त वित्तीय संस्था विरुद्ध अराजक गतिविधि गर्ने समूहलाई कार्वाही गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । बुधबार लघुवित्त वित्तीय संघको पदाधिकारीसँगको भेटमा गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्था विरुद्ध भ्रामक प्रचार गर्दै सर्वसाधारणमा नकरात्मक सन्देश प्रवाह भएको भन्दै यस्तो गतिविधि गर्नेलाई कार्वाही गर्न लघुवित्त वित्तीय संघले माग गरेको थियो ।

‘पछिल्ला दिनमा समग्र लघुवित्तको छवि धुमिलो पार्ने गरी केही समूह सक्रिय बनेका छन्, यस्ता गतिविधि गर्नेलाई कर्वाही गर्न गृहमन्त्रीसमक्ष माग गरेका थियौँ’, संघका अध्यक्ष प्रकाशराज शर्माले भने, ‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ । एक खालको निर्देशन समेत दिईसक्नुभएको छ ।’

बुधबार लघुवित्त संघका अध्यक्ष शर्माको नेतृत्वमा विभिन्न लघुवित्त वित्तीय संस्थाका सीईओहरुको टोलीले गृहमन्त्री लामिछानेलाई भेटेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK