×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी-सनराइज मर्जर प्रक्रियामा ‘पहिलो गाँसमै ढुंगा’ : मर्जर रोक्न विभिन्न नियामकमा उजुरी, सम्बोधन नभए अदालत जाने !

काठमाडौँ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता भएको छ । सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । दुवै बैंकको मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

सनराइज बैंकका एक संचालकले दिएको जानकारी अनुसार केहि आन्तरिक गोप्य अलिखित सर्तनामासहित मर्जर प्रक्रिया अगाडी बढाइएको छ । ती गोप्य सर्तनामामा मर्जरको स्वाप रेसियो तलमाथि हुनेगरी फाइनल गरिने विषय, सनराइजको नाम बैंकको नयाँ नाममा उल्लेख गर्ने कि नगर्ने भन्ने विषय र सनराइज बैंकका सीइओ सुमन शर्मालाई बिदाई गर्ने वा पद घटुवा गराएर राख्ने वा खाईपाईआएको सेवा सुविधा दिएर डेपुटी सीइओ बनाउने भन्ने विषयमा आन्तरिक सहमति गरेर मर्जर प्रक्रिया अगाडि बढाइएको छ ।

‘तपाईंहरुले १:१ स्वाप रेसियोमा दुई बैंकबीच मर्जर हुन्छ भन्ने सोच्नुभएको होला, तर हामीले केहि फरक चित्र देखेका छौं । बैंकको नाम हाललाई लक्ष्मी-सनराइज हुने भनिएको भए पनि हामीले केहि फरक चीजको बिकास हुने देखेका छौँ ।’ सनराइज बैंकका एक संचालकले अर्थ सरोकारसँग भने-‘हाल सनराइजमा सीइओ रहनुभएका सुमन शर्माको विषयमा पनि आन्तरिक निर्णय भईसकेको छ, जुन स्वयम् उहाँलाई पनि थाहा छैन ।’

उनले मर्जरका विरुद्ध राष्ट्र बैंक लगायत विभिन्न निकायमा उजुरी परेको र उजुरी सम्बोधन नभए अदालत जाने तयारीमा एक समूह रहेकोसमेत दाबी गरेका छन् । ‘अहिले साथीहरुले उजुरीमात्र गर्नुभएको छ । उजुरी सम्बोधन नभए साथीहरु अदालत जानेछन् । तर बाहिर सोचेजस्तो सजिलो तरिकाले यो मर्जर सम्पन्न हुन्छ जस्तो मलाई लाग्दैन ।’ ती संचालकले अर्थ सरोकारसँग भने- ‘जे होस्, सनराइज बैंकको अस्तित्व मर्ज भएको बैंकमा होलाजस्तो हामीलाई लाग्दैन ।’

यता लक्ष्मी बैंकका एक संचालकले पनि आन्तरिक रुपमा केहि सहमति भएको स्वीकार गरे । ‘अव १:१ रेसियोमा मर्जर हुन्छ भन्ने तपाईंलाई लाग्छ र ?’ प्रतिप्रश्न गर्दै उनले भने- ‘तर फेरी सम्झौता त यहि छ । भनेपछि केहि आन्तरिक सहमति त पक्कै छ नि ।’ लक्ष्मी बैंकको सम्पत्ति बढी भएकाले स्वाप रेसियोमा लक्ष्मीको स्वभाविक बढी दाबी हुने उनकोसमेत तर्क छ । ‘हामी मर्जरपछि बन्ने नयाँ बैंकमा सनराइजको नाम राख्ने कुरामा पहिलादेखि नै असहमत छौं । बाँकी कुरा मिलाउँदै गरौँला अहिले सम्झौता गरौँ र यो अन्तिम होइन भन्ने भएपछि हामीले भने मानिदियौं ।’ उनले आफुले पनि विभिन्न नियामकमा उजुरी परेको र उजुरीको सम्बोधन नभए साथीहरु अदालत जाने तयारीमा रहेको बिषयमा सुनेको बताए ।’मैले उजुरीपत्रमा के छ भन्ने थाहा पाएको छैन । तर उजुरी परेकोचाहिं सुनेको हो । हेरौं अव के हुन्छ ।’

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: