×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामनामा विदेशी पर्यटकको संख्या लगातार बढ्दै, अधिकांश भारतीय, व्यापार-व्यवसाय पनि क्रमिक रुपमा फस्टाउँदै…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मनकामनामा विदेशी पर्यटकको संख्या लगातार बढ्दै, अधिकांश भारतीय, व्यापार-व्यवसाय पनि क्रमिक रुपमा फस्टाउँदै…

२१ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली तिर्थस्थल होस् वा, तिर्थस्थल वरपरका व्यापार, धेरैजसो भारतीय पर्यटकका भरमा चलेका छन् । नेपाली होटल, रिसोर्टमा पनि विदेशी पर्यटकहरुको ठुलो हिस्सा भारतीय पर्यटकहरुको छ । यसैबीच गोरखाको मनकामनामा पनि भारतीय पर्यटकहरु बढेका छन् ।

गोरखास्थित मुख्य शक्तिपिठका रुपमा रहेको मनकामना मन्दिर पछिल्लो समय धार्मिक गन्तव्यको मुख्य केन्द्रबिन्दु बनेको छ । विभिन्न देशहरुबाट भक्तजनहरु मनकामना दर्शनकै लागि यहाँ पुग्ने गरेका छन् । दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घुमफिर तथा दर्शनका लागि मनकामनाको गन्तब्य रोज्ने गर्दछन् । अझ त्यसमा पनि मनकामनाको दर्शका लागि पुग्ने विदेशी पर्यटकहरुको ठूलो हिस्सा भारतीय पर्यटकहरुले ओगटको छ । म पहिलो पटक मनकामना दर्शन गर्नै आएकी हुँ’, भारतको तेलंगनाकी जयश्रीले भनिन्, ‘मनकामना मलाई खुब मन परेको छ, फेरी पनि एक पटक अवश्य आउँछु ।’

त्यस्तै, भारतको हैदराबादबाट आएका किसन सिंहले पनि मनकामना मन्दिर खुब रुचाए । आफ्नो स–परिवारसहित मनकामना पुगेका उनले देवीको दर्शनले मन प्रफुल्ल भएको प्रतिक्रिया दिएका छन् । ‘हामी २० दिनको भ्रमणमा छौँ, मनकामना सुनेको भन्दा सुन्दर रहेछ’, उनले भने, ‘मनकामना माताको दर्शनपछि मन प्रफुल्ल भएको छ, एकदम खुसी छु ।’

अझ पछिल्लो समय मनकामना मन्दिर क्षेत्रमा डिजिटल भुक्तानीको सुविधा सुरु भएसँगै पर्यटकको आर्षकण झनै बढेको होटल व्यवसायीको भनाई छ । डिजिटल कारोबारका कारण लामो यात्रामा नगद पैसा बोक्नुको झण्झट र चोरी वा लुटपाटको भयबाट मुक्त हुनेभएसँगै यसप्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको व्यवसायीले बताएका छन् ।

मुख्य शक्तिपिठका रुपमा प्रसिद्ध मनकामना धार्मिक कोणबाट मात्रै नभएर व्यवसायीक तथा प्राकृतिक दृष्टिकोणबाट पनि निकै सुन्दर र आकर्षक गन्तब्य हो । हिन्दु धर्मावलम्बीहरुले निकै महत्वका साथ हेर्ने मनकामना मन्दिर पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकका लागि पनि प्रमुख गन्तब्यका रुपमा स्थापित हुँदै आएको छ । तर पनि जुन उचाईमा मनकामनाको प्रचारप्रसार हुनुपर्ने हो त्यो भने हुन नसकेको स्थानीयको गुनासो छ । राज्यस्तरबाट पनि प्रचुर सम्भावना बोकेको मनकामनाको प्रचारप्रचार हुन सके बाह्य पर्यटकको संख्या झनै बढ्ने देखिन्छ । भिडियो रिपोर्टः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: