Skip to content
LAXMI SUNRISE BANK

दुध उद्योगीको मनपरीमा विकास बोर्डको एक्सन, दुधमा भएको मूल्य वृद्धि तत्कालका लागि खारेज गरियो

अर्थ सरोकार

काठमाडौं । डेरी उद्योगीहरुले आफूखुसी बढाएको दुधको मूल्य वृद्धि स्थगित भएको छ । किसानको बाहनामा डेरी उद्योगीहरुले मूल्य वृद्धि गर्दै पुस १६ गतेदेखि बजारमा लागू गरेको दुधको नयाँ मूल्य खारेज गरिएको हो ।

कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका पदाधिकारीसहित सरोकारवाला निकायको बैठकले हालै बढेको दुधको मूल्यवृद्धि स्थगित गरेको हो ।

डेरी उद्योगीहरुले आफूखुसी बढाएको मूल्य तत्कालका लागि स्थगित गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले बताएका छन् । ‘विभिन्न सरोकारवाला निकायको उपस्थितिमा सम्पन्न बैठकले मूल्य वृद्धि स्थगित गर्ने निर्णय गरेको हो’, उनले भने, ‘दुधको उत्पादन लागत मूल्य, मूल्य वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको अध्ययन गरी मूल्य समायोजन गरिनेछ ।’

केही दिन अघि केही डेरी उद्योगीहरुले आफूखुसी दुधको मूल्य प्रतिलिटर १० देखि १४ रुपैयाँसम्म वृद्धि गरेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK