×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिँइदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिँइदै

Artha Sarokar

२२ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने उक्त कार्यक्रममा देशभरबाट १२५ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको छ ।

उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए । कम्पनीले पुष २३ गते आर्मी अफिसर क्लबमा करिब ८ सय जना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी गरेको छ ।

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी