×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नियम उलंघन गर्ने आधा दर्जन विकास बैंक र ४ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले कार्वाही गर्यो

PRIME CA

नियम उलंघन गर्ने आधा दर्जन विकास बैंक र ४ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले कार्वाही गर्यो

४ माघ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम उलंघन गरेको भन्दै आधा दर्जन विकास बैंकलाई कार्वाही गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकको नियम विपरित काम गरेको भन्दै बैंक सुपरिवेक्षण विभागले ६ वटा विकास बैंकलाई कार्वाही स्वरुव नगद जरिवाना तिराएको हो ।

राष्ट्र बैंकका अनुसार तोकिए बमोजिम अनिवार्य नगद मौज्दात नपुर्याएको, विपन्न वर्गमा तोके अनुसार कर्जा प्रवाह नगरेको तथा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै ६ विकास बैंकहरुलाई कार्वाही गरिएको हो ।

राष्ट्र बैंकको कार्वाहीमा पर्नेमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विका बैंक रहेका छन् ।

त्यस्तै, राष्ट्र बैंकले ४ फाइनान्स कम्पनीलाई पनि कारवाही गरेको छ ।  अनिवार्य नगद मौज्दात नपुर्याएको, विपन्न वर्गमा तोके अनुसार कर्जा प्रवाह नगरेको तथा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स, समृद्धी र प्रोग्रेशिभ फाइनान्स कम्पनीलाई कार्वाही गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: