Skip to content
LAXMI SUNRISE BANK

भारतबाट घटेर आयो डिजेलको भाउ, पेट्रोलमा भने २ रुपैयाँ वृद्धि

अर्थ सरोकार

काठमाडौं । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ ।

आइतबार प्राप्त नयाँ मूल्य सूची अनुसार आईओसीले डिजेलको मूल्य केही घटाएको भए पनि पेट्रोलको मूल्यमा भने वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ ।

भारतबाट नयाँ मूल्य प्राप्त भए पनि तत्कालका लागि उपभोक्ता मूल्य समायोजन गर्ने बारे कुनै पनि निर्णय नभएको नेपाल आयल निगमले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK