×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसाका गीत गाउनेका कथा : ‘पैसा कसले बनायो…?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पैसाका गीत गाउनेका कथा : ‘पैसा कसले बनायो…?’

Artha Sarokar

१८ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

‘दैब बैंश बनायौ, कसले पैसा बनायो ?’
यो गीत धेरै अघिको गीत हो, तर आज पनि बजारमा यो गीतको चर्चा उत्तिकै छ ।
 यो गीत यतिसम्म चर्चित थियो कुनै बेला कि, यो गीतलाई केहि रेडियोहरुले दिनमै १०० पटकभन्दा बढीसमेत बजाएको इतिहास छ । त्यतिबेला युट्युबको खास जमाना थिएन, यो गीत टेलिभिजनमा आइदियोस् भन्ने धेरैको अपेक्षा हुन्थ्यो ।
धेरैलाई भ्रम थियो -‘यो गीत शिव परियारले गाएका हुन्। ‘ तर त्यो मात्र भ्रम थियो । किनकि यो गीत लेख्ने र गाउने दिनेश गौतम हुन्, जो आजका दिनमा पनि पैसाको गीत गाउने गायकका रुपमा चिनिन्छन् ।
यसो त उनलाई पैसाकै गीत फापेका छन्, ‘इमान बेचिदिन्छ मान्छे, पैसाले घुमाउँछ फनफनी, कसले जन्मिँदा बोकेर ल्यायो र धन ?’ बोलका धेरै गीत चलेका छन् उनको ।
गायक, गीतकार, संचारकर्मीका रुपमा परिचय बनाउनुअघि उनी जनयुद्धमा होमिएका थिए । तर यी परिचयभन्दा फरक उनलाई पैसाको गीत गाउने गायकका रुपमा परिचित छन् । र त आजको अंकमा हामीले उनलाई पैसाको गीत गाउने गायककै रुपमा कार्यक्रम प्रस्तुत गरेका छौं।  हेरौं :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी