Skip to content
LAXMI SUNRISE BANK

‘नयाँ बर्ष… अव आउँदा ‘नयाँ’ भएर आउ…’ बैंकर अशोक शेरचनको कविता

अर्थ सरोकार

नयाँ बर्ष ..
अव आउँदा नयाँ भएर आउ

दार्चुलाको लिपुलेक तिर आउ
सुस्ता र उपल्लो मुस्ताङतिर आउ

जुम्लाको स्याउबारी तिर आउ
मेचीको मकैघारी तिर आउ

मधेसको तोरीबारी तिर आउ
कहिलेकाही बाटो बिराएरै भएनि
खाडीकाे मरभूमि तिर जाउ
खाडीजादै गरेकाहरूकाे घर तिर जाउ
कालापानी र मुगलानतिर जाउ
चाैकीदारीमा कहलिएका गाेरखा गल्लीतिर जाउ
मुम्बई र दिल्लीका काेठीतिर जाउ ।।

कहिले कसाे
किसानकाे मल र बीउ बनेर आउ
अतिवृष्टि र अनावृष्टिबाट जोगिन
सिंचाइको कुलो बनेर आउ
परल मूल्यमात्रै उठने गरि भएनि
बस्तुभाउकाे ग्राहक बनेर आउ
यदाकता झुक्किएर
तुईनबाट खस्नेहरुका लागि आउ
आफ्नै जमिन खोज्दा
सिमामा मर्नेहरुका लागि आउ
निर्मलाहरुका लागि आउ
निराकरहरुका लागि आउ।।

नयाँ बर्ष
अब आउँदा नयाँ भएर आउ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK