काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनबाट ऐतिहासिक मत पाए । सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रम प्रचण्डलाई विश्वासको मत दिए । अर्थात सिङ्गो सदनले प्रचण्डलाई समर्थन दियो ।
सदनबाट ऐतिहासिक समर्थन पाएसँगै प्रचण्डको मुहारमा छुट्टै किसिमको छनक देखिन्थ्यो । सदनबाट बाहिरिदासम्म पनि उनको मुहारको चमक उस्तै थियो । मानौं, उनी ठूलै युद्ध जितेर आउँदै थिए ।
सदनबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले ‘आफुले जे अनुमान लगाएको थिएँ, त्यस्तै नतिजा आएको’ प्रतिक्रिया दिए । ‘हिजो तपाईहरुले यही ठाउँमा विश्वासको मत के हुन्छ ? भनेर सोध्नु भएको थियो र जवाफमा मैले भनेको थिएँ ‘मलाई सिङ्गै हाउसको समर्थन हुन्छ’, तर त्यो मैले अनुमानमा भनेको थिएँ’, उनले भने, ‘तर आज त्यो यथार्थमा परिणत भएको छ । मलाई निकै हर्ष र गर्भको अनुभुति भएको छ ।’
सदनबाट प्राप्त ऐतिहासिक मतसँगै आफुमाथि ठूलो जिम्मेवारी र चुनौति थपिएको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् । ‘सदनबाट प्राप्त भएको अपार विश्वास तपाईहरुले भनेको जस्तो दुईटा खुट्टा, तीनवटा खुट्टा होइन यो’, उनले भने, ‘यो जिम्मेवारीको कुरा हो, मैले जे प्रतिबद्धता गरेको छु, ती प्रतिबद्धता पुरा गर्ने ठूलो उर्जा पनि यसले दिएको छ । आउने दिनमा हामीले गरेको प्रतिबद्धताका आधारमा कामहरु हुनेछन् ।’ (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्