काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्रमा चुनौति थपिएको बताएकी छन् । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
‘देशमा आन्तरिक उत्पादन वृद्धि गर्न नसकिँदा अर्थतन्त्रमा चुनौति थपिएको हो’, राष्ट्रपति भण्डारीले भनिन्, ‘तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दबाब, उत्पादनमुलक क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले चुनौती थपेको हो ।’
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भर अर्थतन्त्र निर्माण र राष्ट्रिय पूँजी परिचालमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको बताइन् । तर, आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि भने हासिल हुन नसकेको राष्ट्रपति भण्डारीले बताएकी छन् ।
‘बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाई कार्यान्वयन गर्नुपर्छ’, राष्ट्रपति विद्यादेवि भण्डारीले भनिन्, ‘आन्तरिक उत्पादन बढाउन र उत्पादनशीलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण र यसैमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्