×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुरातात्विक सम्पदाको अनुगमनमा राष्ट्रपति भण्डारी (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

पुरातात्विक सम्पदाको अनुगमनमा राष्ट्रपति भण्डारी (फोटो-कथा)

२४ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरमा रहेका पुरातात्विक सम्पदाको अनुगमन गरेकी छिन् । शनिबार साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका पुगेकी राष्ट्रपति भण्डारी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा राष्ट्रपति भण्डारीले मदन पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिईन् । पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिईन् । पिम्बहाः मा उनले नेवारी भजन श्रवणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी हुन् ।

काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकन प्रश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्किएकी थिईन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: