Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डले आफुसँग भएको रकम ‘फिक्स डिपोजिट’मा राख्ने

अर्थ सरोकार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफुसँग भएको पैसा मुद्धती निक्षेपमा राख्न बैंकहरुबाट सिलबन्दी दरर्खास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका बैंकहरुबाट मुद्धती निक्षेपका लागि दर्खास्त आह्वान गरेको हो ।

‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही आफुले दिन सक्ने एक वर्षे ब्याज दर सहित इच्छुक बैंकहरुबाट बोर्डले दर्खास्त आह्वान गरेको हो ।

‘सूचना प्रकाशित भएको मितिले पाँच दिनका दिन कार्यालय समय भन्दा एक घण्टा अगाडि ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ बमोजिम योग्यता खुल्ने आवश्यक कागजात सहित सिलबन्दी प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।’ – बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्राप्त सिलबन्दी प्रस्तावहरु सिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम दिनको अपराह्न ४ः१५ बजे खोलिने बोर्डले जनाएको छ । सिलबन्दी प्रस्ताव बोर्डको कार्यालय, खुमलटार, ललिपुरमा खोलिने छ । लगानी सम्बन्धी नीति तथा सिलबन्दी फारम बोर्डको वेबसाइटमा राखिएको बोर्डले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK