×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूजा आराधानासँगै सुरु भयो स्वस्थानी व्रतकथा, पुस २२ गतेदेखि एक महिनासम्म शालीनदीमा मेला लाग्ने (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

पूजा आराधानासँगै सुरु भयो स्वस्थानी व्रतकथा, पुस २२ गतेदेखि एक महिनासम्म शालीनदीमा मेला लाग्ने (फोटो-कथा)

२२ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

यसैबीच काठमाडौँको शालीनदीमा माधवनारायणको पूजाआजाका गर्दै भक्तजनहरुले स्वस्थानी ब्रत आरम्भ गरेका छन् । योसँगै शालीनदीमा पुस २२ गते (शुक्रबार)देखि १ महिनासम्म मेला चल्ने माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।

स्वस्थानी ब्रतको अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मकि विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । तस्विरमा हेर्नुहोस् पुजा आराधानासँगै स्वस्थानी व्रतको आरम्भ गर्दै भक्तजनः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: