×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता, स्वापको कागजी सम्झौता १:१, सीइओ र अध्यक्ष दुवै लक्ष्मीका

अर्थ सरोकार

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार

PRIME CA

लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता, स्वापको कागजी सम्झौता १:१, सीइओ र अध्यक्ष दुवै लक्ष्मीका

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता भएको छ । सोमबार दुवै बैंकबीच एकआपसमा गाभ्ने/गाभिने सम्बन्धी औपचारिक सम्झौता भएको हो ।

प्रारम्भिक सम्झौता अनुसार दुवै बैंक १ः१ स्वाप रेसियोमा गभिन तयार भएका हुन् । यद्यपी सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) रिपोर्ट आएप्रश्चात अनुपातमा केही घटबढ हुन सक्नेछ ।

सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका हुन् । मर्जरपछि बैंकको नाम लक्ष्मी सनराइज बैंक नै रहने भएको छ ।

हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । दुवै बैंकको मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: