×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एलन मस्कको एक बोलीले ‘टेस्ला’को सेयर भाउ बढायो , १४ दिनमै ६० प्रतिशतको वृद्धि, २०२३ मा २० लाख कार बेच्ने लक्ष्य

काठमाडौं । इलेक्ट्रिक कार निर्माता कम्पनी ‘टेस्ला’को सेयर मूल्य ह्वात्तै बढेको छ । कम्पनीले चौथो त्रैमासमा २४ अर्ब ३२ करोड डलरको रेभिन्यू आर्जन गरेको रिपोर्ट सार्वजनिक गरेसँगै सेयर मूल्यमा पनि उछाल आएको हो । टेस्लाका सीईओ एलन मस्कले यसवर्ष २० लाख कार उत्पादन गर्न सक्ने बताएसँगै सेयर भाउ ५ प्रतिशतभन्दा धेरैले बढेको थियो ।

कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढेर १६० डलर पुगेको छ । पछिल्लो केही समयदेखि लगातार घट्दै आएको टेस्लाको सेयर मूल्य सन् २०२३ को सुरुवातसँगै बढ्न थालेको हो । कम्पनीले १४ कारोबार दिनमा सेयर मूल्यमा करिब ६० प्रतिशतले वृद्धि गरेको छ ।

सन् २०२१ नोभेम्बरमा ४१४ डलर पुगेको टेस्लाको सेयर भाउ त्यसपछि भने लगातार घटेर १०१ डलरको तल्लो बिन्दुमा छोएको थियो ।

विश्वभर देखिएको आर्थिक मन्दीका कारण टेस्लाको आम्दानी घट्ने भन्दै केही समयअघि सीईओ एलन मस्कले प्रतिक्रिया दिएका थिए । सँगै विश्लेषकहरुले पनि टेस्लाको आम्दानीमा अस्वभाविक गिरावट आउने अनुमान गरेका थिए । तर, आर्थिक मन्दीका बाबजुत पनि टेस्ला आम्दानी बढाउन सफल भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: