काठमाडौं । काठमाडौंमा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पाइएको छ ।
टिकटक मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना-साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो । तर, प्रहरीको आँखा छल्ने उद्धेश्यले त्यही सामाजिक सञ्जाल ‘टकटक’को दुरुपयोग गरी टिकटक लाइभबाट जुवा खेलाउने गरेको पाइएको हो ।
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट टिकटक लाइभमा जुवा खेलाउने चार जनालाई पक्राउ गरेको छ । टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले बताएका छन् ।
‘हामीलाई केही व्यक्तिले ई-सेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराई लाभ लिने उद्धेश्यले टिकटकमार्फत जुवा खेलाउने गरेको सूचना आएको थियो’, एसपी कोइरालाले भने, ‘सोही सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरुलाई लाइभबाटै जुवा खेलाईरहेकै अवस्थामा पक्राउ गरिएको हो ।’
र्
एसपी कोइरालाका अनुसार पक्राउ पर्नेमा स्थायी घर दाङ भई ग्वार्काे बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सूर्यविनायक बस्ने कपिल गिरी, भक्तपुरको थिमि बस्ने प्रेम कठायत र कैलालीका डिल्लीराज अवस्थी रहेका छन् । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा आवश्यक कारबाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाइएको एसपी कोइरालाले बताएका छन् ।
पक्राउ परेका मध्ये योगीले पब्जी र पब्जी-२ नामक टिकटक बनाइ दुई ई-सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर रु २८ लाख ७३ हजार कारोबार गरेको पाइएको छ । यस्तै, गिरीले पोकर किङ नामक टिकटक खोली ३ ई-सेवा वालेटमा १० दिनको अवधिमा रु ५३ हजार रकम कारोबार गरेका छन् भने कडायत र अवस्थीले प्रेम नामक टिकटकमार्फत ई-सेवा वालेटमा एक महिना छ दिनको अवधिमा जुवा खेलाएर रु ९३ हजार कारोबार गरेको पाइएको छ ।
चारैजनाको साथबाट टिकटक लाइभ जुवा, तास खेल्न खेलाउन प्रयोग गरेका मोबाइल, विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिष्टर, जुवा खेलाउन प्रयोग भएको ३२ बुक तासलगायत बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्