×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सकियो टेक्निकल फेस्टिभल ‘एक्स टेक स्टुडियो ३.०’, १७ तस्विरमा हेर्नुहोस् फेस्टिभलका खास झलकहरु…(फोटो-कथा)

PRIME CA

सकियो टेक्निकल फेस्टिभल ‘एक्स टेक स्टुडियो ३.०’, १७ तस्विरमा हेर्नुहोस् फेस्टिभलका खास झलकहरु…(फोटो-कथा)

६ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । धरानमा आयोजित टेक्निकल फेस्टिभल ‘एक्स टेक स्टुडियो ३.०’ सम्पन्न भएको छ । इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुको विद्यार्थी समाज (एक्सेस) पूर्वाञ्चल क्यापस धरानले आयोजना गरेको सो फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको एक्सेसक अध्यक्ष गोकर्ण बास्कोटाले जनाएका छन् ।

अध्यक्ष बास्कोटाका अनुसार फस्टिभलमा आयोजना गरिएको ‘रोबो रेस’सँगै विभिन्न प्रतियोगिताको पुरस्कार वितरणसँगै फेस्टिभलको समापन गरिएको हो । ‘फेस्टिभल एकदमै उत्साहपूर्वक रुपमा सम्पन्न भएको छ’, उनले भने, ‘फेस्टिभलले विद्यार्थीको व्यवहारिक ज्ञानमा समेत वृद्धि गर्नुका साथै इलेक्ट्रिोनिक विद्यार्थीको क्षमता प्रदर्शनमा पनि विशेष जोड दिएको छ ।’

फेस्टिभलको समापन कार्यक्रममा ‘एक्स टेक इभेन्ट’का सम्पूर्ण कार्यक्रमहरुका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । फेस्टिभल अवधिभर हार्डवेयर ह्याकाथन, स्कुल/कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगिता, ई-फुटबल गेम, फोटोग्राफी प्रतियोगिता, सोल्डरिङ प्रतियोगिता, प्रोजेक्ट डेमोन्स्ट्रेसन र रोबो रेस प्रतियोगिता आयोजना गरिएको थियो । फेस्टिभलमा करिब चार हजार विद्यार्थीहरु प्रत्यक्ष रुपमा सहभागी भएकाके आयोजकले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: