×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरानमा एक्सेसद्वारा ‘एक्स टेक स्टुडियो ३.०’ आयोजना हुँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धरानमा एक्सेसद्वारा ‘एक्स टेक स्टुडियो ३.०’ आयोजना हुँदै

Artha Sarokar

२४ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धरान । धरानमा पूर्वाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो टेक्निकल फेस्ट ‘एक्स टेक’को तेस्रो संस्करण सुरु हुने भएको छ । पूर्वाञ्चल क्याम्पस धरानको इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थी समाज (एक्सेस)ले फेस्टको आयोजना गर्न लागेको हो ।

यसअघि टेक फेस्टको दुई संस्सकरण सम्पन्न गरिसकेको एक्सेसले यो तेस्रो पटक फेस्टको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । आयोजकका अनुसार टेक फेस्टको तेस्रो संस्करणमा एक्स टेक क्वीज, आईओटी ट्रेनिङ्ग, ह्याकाथोन, एआई/मेसिन लर्निङ्ग वर्कसप, लगायत अन्य थुप्रै वेबिनार र कार्यक्रमहरु रहेका छन् ।

कार्यक्रमको प्रि-इभेन्टको रुपमा एक्स टेक क्वीज, साइबर सेक्युरिटी वेबिनार, आईओटी ट्रेनिङ्ग, डेटा साइन्स वेबिनार, सेटेलाइट एण्ड कम्यूनिकेशनको वर्कसप, लिब्रे अफिस/द डकुमेन्ट फाउन्डेसनद्वारा वेबिनार, गीटहब एजुकेसन द्वारा सेमिनार, स्कुल/कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगिता, फोटोग्राफी प्रतियोगिता लगायत इभेन्टहरु रहेका छन्’, एक्सेसका अध्यक्ष गोकर्ण बास्कोटाले भने, ‘मुख्य इभेन्टका रुपमा हार्डवेयर ह्याकाथन, रोबो रेस प्रतियोगिता र प्रोजेक्ट डेमोन्स्ट्रेसन रहेका छन् ।’

बास्कोटाका अनुसार सबै इभेन्ट भरीमा पूर्वाञ्चल क्याम्पस, पूर्वाञ्चल क्षेत्र साथै नेपालभरीका स्कुल तथा कलेजबाट ४ हजार जना सहभागीता रहनेछ ।

‘एक्स टेक’को पहिलो संस्करण ‘स्मार्ट डिजिटल रुम’ थिममा आयोजना गरिएको थियो । महावीर पुनको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त इभेन्टमा उल्लेखनीय सहभागिता रहेको थियो । त्यस्तै, दोस्रो संस्करण कोभिडको कारण अनलाइन माध्यमबाट गरिएको थियो, जसमा पनि उल्लेखनीय सहभागिता रहेको थियो । यस वर्ष भने ‘स्मार्ट, सेक्युर्ड र डिसेन्ट्रलाइज्ड इनोभेसन’ थिममा इभेन्ट आयोजना हुन लागेको एक्सेसका अध्यक्ष बास्कोटाको भनाई रहेको छ ।

प्रि-इभेन्टहरु कार्तिक ३० देखि सुरु भइसकेका छन् भने मेन-इभेन्ट पुस २७ र २९ का लागि नियोजित गरिएको छ । इभेन्टबारे जानकारी एक्सेसको फेसबुक पेज साथै वेबसाइट  www.excess.ioepc.edu.np/Xtech बाट लिन सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी