×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सले ‘सेकेण्ड क्वाटर’को वित्तीय विवरण सार्वजनिक गर्यो, नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

PRIME CA

सिद्धार्थ इन्स्योरेन्सले ‘सेकेण्ड क्वाटर’को वित्तीय विवरण सार्वजनिक गर्यो, नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

२३ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको नाफामा सामान्य बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले यो अवधिमा ४.४० प्रतिशत बढी अर्थात १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क २४.५२ अंकले वृद्धि हुँदै ७५ करोड १४ लाख रुपैयाँ पुगेको छ भने कम्पनीले सोही अवधिमा पुनर्बीमाबापत १४ करोड ८८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आम्दानीमार्फत ६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ४० करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा एक अर्ब २५ करोड ७९ लाख रुपैयाँ र महाविपत्ति कोषमा १० करोड १९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ९९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ३०.८७ गुणा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: