काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जनता लुट्ने वित्तिय संस्थाहरुलाई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुलाई राज्यले देशव्यापी बनाए मात्रै जनता सुखी र देश समृद्ध हुने जिकिर गरेका छन् । बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जली सभामा वित्तिय अराजकताको कारण बलामी जस्तै लाखौं जनता अकालमै मर्नु परेको भन्दै पीडा ब्यक्त गरेका हुन् ।
बास्तोलाले ‘सहकारी,लघुवित्त र विदेशी बैंकहरुलाई खारेज गरी राष्ट्रिय वाणिज्य बैंक,कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडहरुको गाउँगाउँसम्म सेवा विस्तार गरेर जनअपेक्षा अनुसार परिचालन गर्नसके देशको आर्थिक संकट हल हुने धारणा राखेका हुन् ।
जनताको समृद्धिको लागि भनिएका लघुवित्त तथा कमर्सियल बैंकहरु जनताका काल बन्दै गएको बताएका छन् । ‘हेर्दा १७/१८ प्रतिशत देखाएपनि ब्याजमा स्याज गरेर वास्तविकरुपमा ४० देखि ४५ प्रतिशतसम्म असुल्ने गरेका कारण जनतालाई घरबार विहिन हुँदै अत्महत्या गर्न बाध्य बनाउने यस्ता लुटेराहरुलाई लखेट्नु पर्छ ।’ उनले भने ‘यस्तो किसमको लुटपाट बन्द गरिनुपर्छ, अन्यथा निकट भविष्यमा हामीलाई वित्तिय दलालहरु विरुद्ध कठोर बन्न बाध्य नबनाइयोस ।’ उनले चेतावनी दिए ।
सरकारी ३ बैंकहरुलाई जनताको हितमा हुनेगरी ५ प्रतिशतभन्दा बढी ब्याज नबढाई ऋण दिँदा उद्यम पनि चल्ने र सावाँ ब्याजसहित फिर्ता हुने अनि स्वदेशमै रोजगारीको सिर्जना भई देशको अर्थतन्त्र पनि बलियो हुने उनले जिकिर गरेका हुन् । उनले बलामी जस्ता इमान्दार क्रान्तिकारी योद्धाहरुको सपना पूरा नहुनुमा व्यवस्था दोषी रहेको बताउँदै वैज्ञानिक समाजवादी व्यवस्थाको लाडाइमा सबै एकजुट हुनु पर्नेमा जोड दिए ।
बास्तोलाले अहिलेको व्यवस्थाले राजनीतिक दलाल र भ्रष्टहरुकै सेवा गरेको बताउँदै सडकमा आउनु पर्ने बेला भएको बताए । ‘रामचन्द्रजस्ता हजारौं नागरिकहरु दलाल व्यवस्थाकै कारण मृत्युको मुखमा पर्नु परेको छ, युवाहरु विदेश पठाएर लाश बाकसमा ल्याउनु परेको छ । यस्तो अवस्था यो व्यवस्था रहेसम्म रहिरन्छ, त्यसविरुद्ध एकजुट भएर सडकमा उत्रिनुपर्छ ।’ बास्तोलाले भने ।
उनले बलामीका छोराछोरीको पढाईमा सहयोग गर्ने,पुस्तक प्रकाशन गर्ने तथा बलामीको नाममा अक्षय कोष खडा गरेर इमान्दार र क्रान्तिप्रति प्रतिबद्ध नेता तथा कार्यकर्ताहरुलाई पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्