×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकर जितुमाया सुरी हाईड्रोको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?

PRIME CA

मकर जितुमाया सुरी हाईड्रोको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?

९ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडकोे सेयर बाँडफाँड भएको छ ।
दोलखाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिका स्थायी बासिन्दाका लागि निष्काशन गरेको ७ लाख ६० हजार कित्ता सेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगार गरिरहेमा नेपालीहरुको लागि निष्काशन गरिएको १ लाख ५२ हजार कित्ता सेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हो ।
स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थायी बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९ हजार ९ सय ९० कित्तासम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम ३ हजार ५ सय १४ आवेदकहरुलार्ई जम्मा ६ लाख ७८ हजार ६ सय कित्ता सेयर बाँडफाँड भएको छ ।
नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुको हकमा १० कित्ता देखि २,०१० कित्ता सम्म आबेदन दिने १५,०४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २,०१० कित्ता सम्म आवेदन दिने १२,११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १,५२,००० कित्ता सेयर बाँडफाँड भएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: