×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन

Artha Sarokar

५ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय सिमकोटले रासनकार्डमा अनियमितता गरेको पाइएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ । रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरिएको पाइएपछि छानबिनका लागि समिति गठन गरिएको हो ।

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घको प्रतिनिधि सदस्य रहने छन् ।

सिमकोट गाउँपालिका वडा नं ५ र ६ क्षेत्रमा वितरण गरिएको रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरेको पाइएपछि छानबिन समिति गठन गरिएको शाखा कार्यालयका निमित्त प्रमुख नवीन आचार्यले बताएका हुन् ।

हाल सिमकोट बजारमा आठ सय ४६ रासनकार्ड वितरण गरिएको छ । ‘एउटै रासनकार्डमा आठदेखि दश जनासम्म परिवार सङ्ख्या उल्लेख गरी खाद्यान्न लिने गरेको पाइएपछि यथार्थ छानबिन गर्न लागिएको हो’, आचार्यले भने, ‘रासनकार्डमा भएका प्रत्येक सदस्यले अधिकतम पाँच केजी खाद्यान्न पाउने व्यवस्था छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी