काठमाडौं । नेपालमा बुवा केयर प्रा. लि. सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसरमा विशेष गरी ५५ वर्षभन्दा माथि उमेर समूहलाई लक्षित गर्दै ‘बुवा केयर’ सञ्चालनमा आएको हो ।
संस्थामा ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई स्वास्थ्य, मनोरञ्जन सेवा प्रदान गर्ने, नेपाल तथा भारतका प्रमुख तिर्थस्थल दर्शन गराउने सुविधा रहेको अध्यक्ष डा. अनाम प्याकुरेलले जानकारी दिएका छन् । त्यस्तै, शारिरीक, मानसिक, सामाजिक तथा भावनात्मक रुपमा स्वस्थ बनाउने उद्देश्यले संस्थाको सुरुवात गरिएको प्याकुरेलको भनाई छ ।
व्यस्त जीवनशैलीका कारण बुवाआमाको सहजतालाई लक्षित गर्दै ‘बुवा केयर’ सञ्चालनमा ल्याएको प्याकुरेलले बताए । ‘हालको व्यस्त जीवनशैलीका कारण कठिन बनेको बुवा आमाहरुको शारिरीक, मानसिक तथा सामाजिक जीवनलाई गुणस्तरीय तथा पारिवारिक माहोल बनाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि बुवाकेयर सुरुवात गरिएको छ ।’, उनले भने, ‘घरमै बसेर सम्पूर्ण स्वास्थ्य समस्याको पहिचान तथा निदानको लागि शारिरीक जाँचको व्यवस्था गराउने, आकस्मिक अवस्था तथा विशेषज्ञ डाक्टरको परामर्श अनलाइन तथा आवश्यक परेमा घरमै गएर समेत उपलब्ध गराउने, डाक्टरका परामर्श पश्चात आवश्यक पर्ने सम्पूर्ण औषधिहरुको घरमै डेलिभरी व्यवस्था गर्ने सुविधा दिइनेछ ।’
बुवाकेयरमा सदस्य भएकाहरुको जन्मदिन, वैवाहिक वार्षिकोत्सव तथा अन्य विशेष अवसरहरुको आयोजना गरी मनाइदिने, पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको अवलोकन भ्रमणको व्यवस्था गराइदिने सुविधा पनि प्रदान हुने प्याकुलेलले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्