काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन भएको चितवन २ मा सर्वदलीय बैठक सुरु भएको छ । बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।
मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ । चितवन–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।