×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैज्ञानिक अनुसन्धानको विस्तारका लागि महावीर पुनको आन्दोलन, यस्ता छन् माग…(भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैज्ञानिक अनुसन्धानको विस्तारका लागि महावीर पुनको आन्दोलन, यस्ता छन् माग…(भिडियोसहित)

Artha Sarokar

१६ बैशाख २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार र समाजलाई झक्झकाउनका सामाजिक आन्दोलन सुरु गरेको बताएका छन् । शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका पुनले फरक किसिमको सामाजिक आन्दोलनको सुरु भएको बताए ।

‘यो आन्दोलनलाई हामी फरक किसिमको सामाजिक आन्दोलन भन्छौँ ।’, उनले भने, ‘यो समाजलाई आविस्कार अनुसन्धान र नवप्रवर्तन गर्नुपर्छ भन्ने सोचाई समाजमा आएको छैन । त्यसैले समाजलाई यसको महत्व छ भन्ने बोध गराउनका लागि आन्दोलन सुरु गरेका हौँ ।’

हाल मुलुकको अर्थतन्त्र संकटमा रहेको र सुधारका लागि वैज्ञानिक अनुसन्धान अनिवार्य रहेको पुनले बताए । ‘यो सरकार अहिले कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगेको छ । तर, आम्दानी बढाउनेतर्फ सोचेकै छैन ।’, उनले भने, ‘अनुसन्धान-आविस्कारलाई प्राथामिकता दिइयो भने मुलुकमा रोजगारी बढ्छ, उत्पादन बढ्छ र अर्थतन्त्र सुधारको बाटोमा जान्छ ।’

आन्दोलन सुरु गर्दै पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान तथा आविष्कारका लागि छुट्याएर कोष बनाउनुपर्ने र त्यसलाई सञ्चालन गर्न सरकारले आवश्यक पर्ने छुट्टै ऐन निर्माण गर्नुपर्ने लगायतका माग राखेका छन् । बाँकी भिडियोमा हेर्नुहोस्ः

‘सरकार र समाजलाई झक्झक्याउन सामाजिक आन्दोलन’

– कुल बजेटको २ प्रतिशत वैज्ञानिक अनुसन्धानमा खर्च गरियोस्,
– आविष्कार–अनुसन्धानका लागि छुट्टै कानुन बनाइयोस्,
– आविष्कारपछि अनुमति दिने र दर्ता गर्ने व्यवस्था मिलाइयोस् ।
#arthasarokar #mahabirpun

Posted by Artha Sarokar TV on Saturday, April 29, 2023

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी