×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँ १ः एमालेका सर्वेन्द्र खनालको हार निश्चित, काँग्रेस थलियो, घण्टीको जीत निश्चितप्रायः

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तनहुँ १ः एमालेका सर्वेन्द्र खनालको हार निश्चित, काँग्रेस थलियो, घण्टीको जीत निश्चितप्रायः

Artha Sarokar

११ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालको हार निश्चित देखिएको छ । पछिल्लो मत परिणाम अनुसार भारी मतान्तरले खनाल तेस्रो स्थानमा देखिएपछि उनको हार निश्चितप्राय बनेको हो ।

यता नेपाली काँग्रेस कोर एरियाबाटै घण्टीलाई दोब्बर मत आएपछि रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेको जीत निश्चितप्राय बनेको छ । पछिल्लो मतपरिणाम अनुसार रास्वपाका वाग्ले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराई भन्दा दोब्बर मतले अघि छन् ।

हालसम्म रास्वपाका स्वर्णिम वाग्लेले ७ हजार ३ सय ९३ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले भने ३ हजार २ सय ३४ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका सवेन्द्र खनालले भने २ हजार १ सय ३४ मत पाउँदै तेस्रो स्थान पछ्याईरहेका छन् । आइतबार रातिदेखि सुरु भएको मतगणनामा रास्वपाका डा.वाग्लेले भारी मतान्तरसहित अग्रता कायम गरेपछि उनको जित निश्चितप्राय बनेको हो ।

यता तनहुँ १ मै नेपाली कांग्रेसको ‘कोर एरिया’ भनिएको ठाउँबाटै घण्टीलाई दोब्बर मत आएपछि वाग्लेको जित झनै निश्चित देखिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी