×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात कार्यालयका उपसचिवले गरे १ करोड बढी घोटाला, विशेष अदालतमा मुद्दा दायर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यातायात कार्यालयका उपसचिवले गरे १ करोड बढी घोटाला, विशेष अदालतमा मुद्दा दायर

Artha Sarokar

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज (बैशाख १९ गते) भट्टराई विरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भट्टराईले सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको कुल सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

दाहालका अनुसार उनको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर, उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको छ ।

भट्टराईले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई र छोरी प्रेरिका भट्टराईको नाममा राखेको भन्दै अख्तियारले उक्त रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्न माग गरेको छ । साथै, भट्टराईकी आमा स्व. इन्दिरा भट्टराईको नाममा रहेको सम्पत्ति समेत जफत गर्न माग गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी