- कुलराज चौधरी
कैलाली । कैलालीमा विश्व वातावरण दिवसको अवसरमा बृहत सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । जिल्लाको कैलारी गाउँपालिकाले वातावरण दिवसको अवसरमा हसुलिया बजारमा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
‘पृथ्वीको संरक्षणः दिगो प्रकृति मैत्री जीवनयापन’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमअन्तर्गत गाउँपालिकाको मुख्य बजारका रुपमा रहेको हसुलिया बजारमा बृहत सरसफाई अभियान चलाएको गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताएका छन् । ‘वातावरण सफा राख्नु भनेको मानव जीवन स्वस्थ रहनु हो ।’, उनले भने, ‘सोही यथार्थलाई आत्मसाथ गर्दै सरसफाई कार्यक्रम आयोजना गरेका हौँ । यो अभियान निरन्तर चलिरहन्छ ।’
गाउँपालिकाको आयोजनामा गरिएको उक्त सरसफाई कार्यक्रममा साहस नेपाल, दलित महिला अधिकार मञ्च नेपाल, सीसीएस, ओरेक नेपाल, हसुलिया बजार व्यवस्थापन समिति, कैलारी उद्योग वाणिज्य संघ, कालिका इङ्गलिस बोर्डिङ स्कूल लगायतको सहभागिता रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्